नेपाल भूकम्प: विगत आठ सय वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो

चार वर्षअघि ठूलो धनजनको क्षति हुने गरी भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो' भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थे।

भैँचालोको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा वारंवार 'नब्बे सालको जस्तै भैँचालो आउन सक्छ' भनेर जनमानसलाई सार्वजनिक रूपमा भन्ने गरेको पाइन्थ्यो।

त्यसबारे कैयौँ लेख लेखिएको भेटिन्थ्यो। स्वदेशी र विदेशी दातृनिकायको आर्थिक सहयोगमा हुने भैँचालो सम्बन्धी कार्यक्रमहरूमा पनि यस्ता अभिव्यक्ति सार्वजनिक हुने गरेको सुनिन्थ्यो।

वि.सं. २०७२ साल वैशाख १२ गते दिउँसो ११:५६ मा गएको भैँचालोले मुलुकभरि ठूलो धनजनको क्षति गर्‍यो। र, धेरैले आज पनि त्यसलाई नब्बे सालकै भैँचालोसँग तुलना गर्ने गरेका छन्।

प्रकाशित मिति: : 2019-04-24 21:39:03

प्रतिकृया दिनुहोस्