श्रीमानले पेट्रोल छर्केर आगो लगाए, बन्द कोठामा जलिरहिन् निर्मला

तस्बिरः अनलाइनखबर

काठमाडौं । धनुषाकी १६ वर्षीया निर्मला यादव जन्मघर त्यागेर मुकेशकुमार यादवको घरमा भित्रिएको १० महिना भएको छैन । तर, सबथोक त्यागेर आएका उनी मुकेशले पेट्रोल छर्केर आगो लगाएरपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् ।

उनको शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको छ । कीर्तिपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत निर्मलाका अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

१८ वर्षका मुकेशकुमार यादवले वैशाख पाँच गते दिउँसो साढे चार वजेतिर पेट्रोल छर्केर आगो लगाएका हुन् । विहान श्रीमानसँग सामान्य झगडा भएको र त्यसकै निहुँमा दिउँसो आगो लगाएको उपचारत निर्मलाले बताइन् । ‘विहान खान खान आउनुस् भनेर बोलाउँदा किन बोलाएको भन्दै झगडा गर्न तम्सनुभयो, कुटपिट गर्नुभयो । चार वजेतिर मदिरा सेवन गरेर आएर यो हालत बनाउनुभयो’, निर्मलाले आँशु झार्दै भनिन् ।

निर्मलाका आफन्त सोनु यादवकाअनुसार घटनाको बेला परिवारको अन्य सदस्य खेतमा काम गर्न गएका थिए ।

दिउँसोको त्यस्तै साढे चार बजेको थियो । मुकेशले पेट्रोल किनेर ल्याए । पेट्रोल किराना पसलमा राखेर घर छिरे । उनीहरुको किराना पसल छ । त्यतिबेला मुकेश मदिराले मात्तिएका थिए ।

प्रकाशित मिति: : 2019-04-22 09:14:12

प्रतिकृया दिनुहोस्