कोशीको बासना केही समय, जुम्लाको २४ घन्टा

वनस्पति विभागले अनुसन्धान गरी जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले बजारमा ल्याएका दुईथरी नेपाली पर्फ्युम। तस्बिर: सेतोपाटी

कोशी र जुम्ला अब जिल्लाका नाउँ मात्र रहेनन्। वनस्पति विभागले यही नाउँबाट दुईवटा अत्तर (पर्फ्युम) उत्पादन सुरू गरेको छ।

मेन्था, क्यामोमाइल, जटामसी, सुगन्धवाल, खसखस, श्रीखण्ड, धुपी लगायत जडिबुटी र तेलको प्रयोगबाट यी पर्फ्युम तयार गरिएको विभागका महानिर्देशक सञ्जिवकुमार राईले बताए।

उनका अनुसार नेपालमा उत्पादित ९० प्रतिशत जडिबुटी कच्चापदार्थका रूपमा विदेश जाने गर्छन्। ‘बाँकी बच्ने १० प्रतिशत जडिबुटीबाट के–के बनाउन सकिन्छ भनेर विभागका विज्ञहरूसँग छलफल गरी पर्फ्युम बनाउने निर्णय भएको हो,’ उनले सेतोपाटीसँग भने।

यसको निम्ति विभिन्न देश घुमेर पर्फ्युम बनाउने ज्ञान र सीप अध्ययन गरिएको उनले जानकारी दिए।

पर्फ्युम उत्पादनका लागि फ्रान्स संसारमै लोकप्रिय छ। विभागका एक कर्मचारीलाई गत वर्ष फ्रान्स भ्रमणमा पठाइएको थियो। उनले त्यहाँका पर्फ्युम उद्योगहरू घुमे। केही नमूनासमेत ल्याए। यसबाट प्राप्त सीपले स्वदेशमै पर्फ्युम उत्पादन गर्न सहयोग गरेको महानिर्देशक राईले बताए।

प्रकाशित मिति: : 2019-04-22 08:39:22

प्रतिकृया दिनुहोस्