कहीँ नभएको इतिहास हाँडीगाउँमा

प्राचीन राजधानी हाँडीगाउँ छिर्ने बाटो। तस्बिरः नारायण महर्जन

न इन्द्रजात्रा, न मच्छिन्द्रनाथ, न त बिस्काः।

हाँडीगाउँ मात्र यस्तो खास छ, जसलाई उखानले सिँगारेको छ — कहीँ नभएको जात्रा हाँडीगाउँमा

उखान या त शृंगारमा बन्छ, या बिगारमा। बिगार, यानिकी खिसीट्यूरी।

यो उखान पनि कतै हाँडीगाउँ जात्राको खिसीट्यूरी गर्न बनेको त होइन?

नभए हेर्नुस् त,

नेताले कतै चर्तिकला देखाए, कहीँ नभएको जात्रा हाँडीगाउँमा !

अभिनेताले कतै बबाल मच्चाए, कहीँ नभएको जात्रा हाँडीगाउँमा !

बन्दाबन्दैको पुल यसै भत्कन्छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा !

खन्दाखन्दैको सडक यसै छाडिन्छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा !

दैनिक बोलीचालीमा उखानको यस्तो प्रयोग खिसीट्यूरी नभए के त?

कसैलाई उल्याउने कुरा जनजिब्रोले छिटो टिप्छ, यही उपक्रममा उखानको शृंगार पक्ष यसै हराउन त हराएन?

जवाफ जान्न सबभन्दा पहिला हाँडीगाउँ चिन्नुपर्छ, जसको नाउँ जोडेर यो उखान चल्यो।

हाँडीगाउँ चिन्न दुई हजार वर्ष पुरानो समयमा फर्कनुपर्छ।

प्रकाशित मिति: : 2019-04-20 09:04:35

प्रतिकृया दिनुहोस्