एकाबिहानै करिश्माको रिसको पारा छुट्यो। उनी दिनहुँ चढ्ने गाडीको टायर पङ्चर भएको रहेछ। उनका श्रीमान् विनोद मानन्धर हावा भर्ने मेसिन हातमा लिएर यताउता गर्दै थिए, उनीमाथि करिश्माको रिस खनियो, ‘तिम्ले बिगार्देको हो।’
विनोद निरुत्तरित भए। अघिल्लो दिन साँझ आउँदा गाडीमा हावा थिएन। उनले भरेका थिए। फेरि समस्या आएछ। उनलाई टायर फेर्नुपर्छ भन्ने थाहा भयो तर फसाद! सहयोगी कमल नेपालगञ्ज गएका थिए।
उनलाई करिश्मासँग डिस्कस गर्नुभन्दा टायर चाँडै बदल्नु थियो। करिश्माको एसईई परीक्षाको पहिलो दिन भएकाले ढिला होला भन्ने चिन्ता विनोदलाई पनि थियो। आफैँ हावा हाल्न नसकेपछि विनोदले बाहिरबाट मिस्त्री बोलाएर टायर ठीक गरे।
बिहान ६ बजे गाडि चढ्न गएकी करिश्मा मानन्धर चिडिनुको कारण परीक्षामा ढिला पुगिन्छ भन्ने हो। बिनोद करिश्माको छिटो रियाक्ट गर्ने बानीसँग अपरिचित होइनन् त्यसैले उनले टायर बनाइदिए...