धनुषाका सञ्जयकुमार मण्डलका ५ जना दाजुभाइ । तीन जना अहिले पनि पढ्दैछन् । सञ्जयकुमारलाई पनि पढ्न मन नभएको त कहाँ हो र ! तर बाध्यताले पढाईलाई निरन्तरता दिन सक्नु भएन ।
घरको कमजोर आर्थिक अवस्थाले जति थिच्यो त्योभन्दा धेरै जेठो छोरो हुनुको जिम्मेवारीले गाँज्यो । उहाँले क्याम्पस टेक्न पाउनुभएन । एसएलसी सकेपछि गाउँमै ट्युसन पढाउन थाल्नुभयो । १४ वर्षअघि त्यो पनि धनुषाको भित्री गाउँ ।
एक जनालाई एक महिना ट्युसन पढाउँदा सञ्जयको हातमा एक सय रुपैयाँ पथ्र्यो । ‘त्यो बेला पैसा धेरै महङ्गो थिएन नि’ त्यति बेलाको कमाइ पत्याउँदैन कि भन्ने लागेर होला सञ्जयले विश्वास दिलाउन खोज्नुभयो ।
पैसा सस्तो भएर के गर्नु र, घर चलाउन त्यतिले नपुग्ने । त्यसमाथि सञ्जयले त आफ्नो लागि मात्रै कमाएर पनि त हुँदैनथ्यो । आफूभन्दा तलका ४ जना भाइ अनि एक जना बहिनीको पढाइ खर्चसँगै घर खर्चमा पनि सघाउनुपथ्र्यो । घरमा भर थप्नलाई ट्युसन पढाउन थालेका सञ्जयले त्यो कामले टेको दिन सक्नुभएन...