अधुरै रह्यो नेपालको विश्वकप खेल्ने सपना

यूएईले बिहीबार आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो। जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै यूएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ।  ६ टोली सहभागी प्रतियोगिताको अंकतालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान थियो। 

वर्षाले खेल विथोलिएपछि दोस्रो खेलमा नेपाल डिएल म्याथडका आधारमा यूएईसँग १ रनले पराजित भएको थियो। उक्त पराजयपछि अंकतालिकामा नेपाल पछि परेको हो।

प्रकाशित मिति: : 2019-04-18 13:34:44

प्रतिकृया दिनुहोस्