सरकारी छाप कीर्ते गरेको आरोपमा पूर्वसांसद र राजपाका केन्द्रीय सदस्य पक्राउ

राजविराज- सरकारी छाप कीर्ते गरेको आरोपमा एक पूर्व सांसदसहित अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पूर्वसांसद तथा राजपाका केन्द्रीय सदस्य बिपी यादव र केन्द्रीय सदस्य नै रहेका हरिनारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

यादव पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सभासद् थिए। उनी रातो पासपोर्ट काण्डमा समेत मुछिएका थिए। 

प्रकाशित मिति: : 2019-04-18 12:48:17

प्रतिकृया दिनुहोस्