यसरी बनाइन्छ सर्वोच्च शिखर सगरमाथा जाने बाटो

सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ।

त्यसभन्दा माथि आरोहीहरू स्वयंले बनाउँछन्।

आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ।

यस पटक कामी शेर्पाको नेतृत्वमा आठजना 'आइसफल डाक्टर' भनिने अनुभवी पर्वतारोही र पथप्रदर्शकको टोली हिमालमा बाटो बनाउने काममा खटिएको छ।

सो टोली आवश्यक सामग्री लिएर मार्च २ देखि काममा खटिएको छ।

प्रकाशित मिति: : 2019-04-18 09:31:53

प्रतिकृया दिनुहोस्