त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मेसिनले सुन किन देख्दैन?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रे जाँच गरिँदै

वैदेशीक रोजगारीका लागि मलेसियाबाट फर्केका तीन युवाका ८ झोला २०७५ चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा र भन्सार दुवै पार भएर आएका थिए।

ती झोलामा तस्करीका २ हजार १ सय ६९ बट्टा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका चुरोट थिए।

सुनसरी गढी नगरपालिकाका कमलनारायण विश्वास धुम्रपानका अम्मली होइनन्। प्रहरीले विश्वासका साथबाट  ३ सय ३४ बट्टा चुरोट बरामद गरेकाे छ।

मलेसिया एयरलाइन्सको सोही दिनको उडानबाट फर्किएका यात्रु मोरङ कटाहरीका शैलेन्द्र माझीका साथबाट ९ सय ८० र नुवाकोट थानापतीका प्रकाश थपलियाका साथबाट ८ सय ५५ बट्टा विदेशी चुरोट फेला पर्‍यो।

प्रकाशित मिति: : 2019-04-10 22:26:13

प्रतिकृया दिनुहोस्