सरकार लोकप्रिय बजेटको तयारीमा, घोषणापत्र कार्यान्वयनलाई प्राथमिकता

काठमाडौं :  अर्थमन्त्रालय ढोका बन्द गरेरै आगामी आर्थिक वर्षको बजेटमा जुटिसकेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नको लागि डेढ महिनाको समयसीमा बाँकी रहँदा सरकारको व्यस्तता बढ्नु स्वभाविक हो। पाँच वर्षको लागि गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट ल्याउने तयारीमा जुटेको छ।

अर्थका कर्मचारीलाई बाहेक अन्यलाई अर्थमन्त्रालय प्रवेश गर्न सहज छैन। बजेट महाशाखा छिर्न थप कडाई रहेको छ। पहिलो बजेटमा सरकारका अर्थमन्त्री  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभन्दा बढी सत्तारूढ नेकपाका सांसदबाट आलोचित भएका थिए। यसलाई नेकपाको आन्तरिक बैठकमा कमजोरी भनेर समीक्षा गरिए पनि संसदमा भने बजेटको बचाउमा बोल्न आर्थिक वर्ष २०७५/७६ को बजेटपछि रुलिङ गर्नुपर्ने अवस्था आएको थियो।

प्रकाशित मिति: : 2019-04-09 21:08:43

प्रतिकृया दिनुहोस्