काठमाडौं महानगरमा अब राती १० बजेसम्म बस चल्ने

नागरिक

स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार वटा विधेयक स्वीकृत गर्दै काठमाडौं महानगरपालिकाको चौथौं नगरसभा सम्पन्न भएको छ। काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो। नगरसभामा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, ३२ वटा वडाका अध्यक्ष एवं सदस्यहरूको उपस्थिति थियो।

नगरसभाले स्वीकृत गरेका विधेयकहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन, २०७५, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक ऐन, २०७५, सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन, २०७५ छन्। यी विधेयकसँगै चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको ६७ करोड १० लाख रकम तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा रकमान्तर गरिएको छ।

काठमाडौं महानगरपालिकामा विद्युतीय शासनलाई प्रभावकारी बनाउने घोषित नीतिअनुरुप सम्पूर्ण तथ्याङ्क संकलन गर्नका लागि बजेट थप गरेको छ। जसअन्तर्गत जीआईएस डाटा कलेक्शन शीर्षकमा तीन करोड ८७ लाख रकम थप गरिएको छ। नेपाल एम्बुलेन्स सेवा सञ्चालन खर्च अनुदान शीर्षकमा पनि अन्य शीर्षकमा खर्च हुननसकेको रकम रकमान्तर गरिएको छ...

प्रकाशित मिति: : 2019-04-07 22:54:23

प्रतिकृया दिनुहोस्