खनियाबासका स्थानीयले प्रहरीलाई बुझाए १६ थान अवैध भरुवा बन्दुक

रातोपाटी

काठमाडौं । धादिङको खनियाबास गाउँपालिकाको स्थानीयहरुले १६ थान अवैध वन्दुक प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले स्थानीयले बुझाएको १६ थान भरुवा बन्दुक शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

नेपाल सरकारले गत फागुन २१ गतेको मन्त्रीपरिषद् निर्णयबाट देशभर अवैध हातहतियार र खरखजाना प्रहरी प्रशासन समक्ष बुझाउन निर्देशन दिएसँगै खनियाबास गाउँपालिकाका स्थानीयले ठूलो मात्रामा रहेको भरुवा बन्दुक प्रहरीलाई बुझाएका हुन् । 

 

प्रकाशित मिति: : 2019-04-06 19:01:47

प्रतिकृया दिनुहोस्