चोर्नकै लागि भारतबाट नेपाल, पसल सञ्चालकसहित पाँच समातिए

अनलाइनखबर

भारतबाट आएर विराटनगरमा चोरी गर्ने व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

भारत अररीया घर भई चोरीकै लागि विराटनगरसम्म आउने गरेका मो.सैयादसहित पाँच जनालाई मोरङ प्रहरीले रोडशेष चोकबाट पक्रेको हो ।

प्रहरीले भारत अररिया जिल्ला जोकिमतियारी ग्राम–१३ बस्ने २५ वर्षीय मोहम्मद सैयुबलाई रत्नप्रसाद आचार्यको घरमा चोरी गरेको आरोपमा पक्राउ गरेको हो । सैयुबले सोमबार विराटनगर–४, राधाकृष्ण टोलस्थित आचार्यको घरको छतको सिढीमा रहेको ढोका फोडेर ल्यापटप, मोबाइल, क्यामेरा, पर्स, साइकललगायत चोरी गरेका थिए ।

प्रकाशित मिति: : 2019-04-06 14:06:53

प्रतिकृया दिनुहोस्