बारा र पर्साको हावाहुरी सामान्य होइन, विनाशकारी ‘टोर्नाडो’: वैज्ञानिक

बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरि अचानक आएको हावाहुरी साधारण नभई टोर्नाडो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रारम्भिक अध्ययनबाट गएको आइतबार बेलुकाको मौसमी प्रणाली साधारण हावाहुरी नभई टोर्नाडो रहेको मौसम विभागका महानिर्देशक सर्जु वैद्यले देश सञ्चारलाई जानकारी दिएका छन् ।

देश सञ्चारसँग महानिर्देशक वैद्यले भने, ‘प्रारम्भिक अनुसन्धानले आइतबारको मौसमी प्रणाली टोर्नाडो रहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालले गरेको संयुक्त अध्ययनबाट यो तथ्य पत्ता लागेको हो ।’

प्रकाशित मिति: : 2019-04-06 13:53:32

प्रतिकृया दिनुहोस्