बोइङ: इथियोपिया दुर्घटनापछि कम्पनीले घटायो ७३७ मोडलको विमान उत्पादन

इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले धेरै बिक्री हुने आफ्नो ७३७ मोडलको विमान उत्पादनमा अस्थायी रूपमा कटौती गर्न लागेको छ।

एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ।

बोइङ ७३७ म्याक्स मोडलको विमानको हस्तान्तरण रोकिएपछि सो कम्पनीले पछिल्लो कदम चालेको हो।

इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनामा सोही मोडलका जेट विमानहरू परेका थिए।

प्रकाशित मिति: : 2019-04-06 13:48:15

प्रतिकृया दिनुहोस्