मौसमको खराबीका कारण प्रधानमन्त्रीको चतरा भ्रमण स्थगित

मौसममा आएको खराबीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरीको चतराधाम जाने कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बराह क्षेत्रमा रहेको चतराधाममा शनिबारदेखि हुने अर्धकुम्भ मेलाको उद्घाटनका लागि जाने कार्यक्रम थियो । तर मौसममा आएको खराबीका कारण प्रधानमन्त्रीको चतरा भ्रमण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि चतरा जाने कार्यक्रम थियो । रक्षा मन्त्री पोखरेल पनि नजाने भएका छन् । चतराधाममा शनिबारदेखि दोस्रो अर्धकुम्भ मेला सुरु हुँदैछ ।

प्रकाशित मिति: : 2019-04-06 10:50:39

प्रतिकृया दिनुहोस्