राहत काेषमा थुप्रियो पैसा : पीडितकाे पीडा उस्तै

उज्यालो

२०७२ मा गएको विनाशकारी भूकम्पबाट पीडित भएकालाई वितरण गर्न भन्दै ल्याइएको २५ करोड रुपैयाँभन्दा बढीको जस्ता पाता अहिले पनि असरल्लै छ । 

भारत कोलकाताको जिन्दल कम्पनीबाट भूकम्पलगत्तै ल्याइएको ठूलो परिमाणका जस्ता पाता अहिले पनि वीरगञ्जमा रहेको नेपाल खाद्य संस्थानको खुला चौरमा असरल्लै अवस्थामा छ । तीन वर्षभन्दा लामो समयदेखि यतिकै घामपानीले सड्ने ठाउँमा राखिँदा करोडौँको जस्तापातामा खिया लागेर सड्न लागिसकेको छ ।

प्रकाशित मिति: : 2019-04-04 20:58:55

प्रतिकृया दिनुहोस्