दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा

फाइल तस्बिर: बिएल

महिला फुटबलको फिफा वरियतामा नेपालले सुधार गरेको छ। फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो।

नयाँ वरियतामा नेपाल ९७ औं स्थानमा रहेको छ। अघिल्लो महिना नेपाल १०० औं स्थानमा रहेको थियो। एसियाली खेलकुद राष्ट्रमा भने नेपाल २१ औं स्थानमा रहेको छ। यस्तै दक्षिण एसियाको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ। 

नेपाल अघि भारत ५७ औं स्थानमा रहेको छ।

दक्षिण एसियामा बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३८ औं र भुटान १५० औं स्थानमा रहेको छ।

नयाँ वरियतामा अमेरिका शीर्ष स्थानमा रहेको छ। यस्तै जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौथो र स्विडेन पाँचौ स्थानमा रहेका छन्।

प्रकाशित मिति: : 2019-12-14 10:59:09

प्रतिकृया दिनुहोस्