आज विश्वले पाउँदैछ मिस वर्ल्ड २०१९ : ल्याउलिन् त अनुष्काले ताज नेपाल ?

अनुष्काले ल्याउलिन् त मिस वर्ल्डको ताज नेपाल : ..., असम्भव पनि छैन। तस्बिर सौजन्य : अनुष्का श्रेष्ठ

आज विश्वले सन् २०१९ की सुन्दरी पाउँदैछ। त्यसका लागि अन्तिम प्रतिस्पर्धामा रहेका ४० सुन्दरीमा नेपाल सुन्दरी अनुष्का श्रेष्ठ पनि रहेकी छिन् । 

उनी मल्टिमिडिया विधामा सर्वोत्कृष्टता हात पार्दै उत्कृष्ट ४० मा पुगेकी हुन् । यसो त उनले हेड टु हेड च्यालेन्ज र ब्यूटी विथ पर्पोज विधामा पनि आफूलाई उत्कृष्ट १० मा पुर्याएर त्यो गन्तव्यकी हकदार बनाएकी थिइन्।

यसरी तीन तीन विधामा आफूलाई अब्बल बनाएर अनुष्का विश्वका ४० सुन्दरीमध्ये एक भैसकेकी छिन्। यस्तो उत्कृष्टता हासिल गर्दै फाइनल राउण्डमा पुग्ने उनी पहिलो नेपाल सुन्दरी हुन्।

'श्रृङ्खलाले देखाएको बाटो हिड्दै विश्व सुन्दरीको ताज नेपाल ल्याउन प्रयत्न गर्ने छु। त्यसो भयो भने अर्को वर्ष भ्रमण वर्ष मनाइरहेको नेपालका लागि त्यही नै मेरो तर्बाट सबैभन्दा ठूलो कोशेली हुनेछ । अब म त्यसका लागि धेरै टाढा पनि छैन।'
- अनुष्का श्रेष्ठ, मिस वर्ल्ड नेपाल, २०१९

यसअघि अघिल्लो वर्ष मात्र श्रृङ्खला खतिवडा यी राउण्डहरू पार गर्दै दोस्रो अन्तिम राउण्डसम्म पुगेकी थिइन्। उनले देखाएको बाटो हिड्दै अर्की सुन्दरी नेपाली छोरी अनुष्का मुकामतिर बढिरहेकी छिन्। 

उनले भनेकी छिन्- 'श्रृङ्खलाले देखाएको बाटो हिड्दै विश्व सुन्दरीको ताज नेपाल ल्याउन प्रयत्न गर्ने छु। त्यसो भयो भने अर्को वर्ष भ्रमण वर्ष मनाइरहेको नेपालका लागि त्यही नै मेरो तर्बाट सबैभन्दा ठूलो कोशेली हुनेछ । अब म त्यसका लागि धेरै टाढा पनि छैन।'

सन् २०१९ को मिस वर्ल्ड ब्युटी पेजेन्ट यसको ६९ औं संस्करण हो । यसपटक नेपालसहित विश्वभरका एक सय २५ देशका सुन्दरीले भाग लिएका थिए। विभिन्न चरणमा बाहिरिदै बाँकि रहेका ४० सुन्दरीले उपाधिका लागि शनिबार एक्सेल लण्डनमा र्याम्प नाप्नेछन्। यसपटककी विजेता ६८औं मिस वर्ल्ड भेनिसा पोन्सको उत्तराधिकारी हुनेछिन्। 

के मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्डको ताज पहिलोपटक नेपाल ल्याउलिन् त ? झट्ट हेर्दा त्यति सम्भव नदेखिए पनि असम्भव पनि छैन। 

प्रकाशित मिति: : 2019-12-14 10:25:05

प्रतिकृया दिनुहोस्