पीपीएल: शनिबार हुने भनिएको खेल सर्‍यो

फाइल तस्बिर: बिएल

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उद्धघाटन खेल सरेको छ। प्रतिकुल मौसमका कारण शनिबार हुने भनिएको काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको खेल आइतबार सरेको हो।

पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन् ।

पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन्। 

त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नो ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ।

शनिबार सुरु हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्। आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बुधबार सार्वजनिक गरेको खेल तनलिका अनुसार मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ। दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्ने छन्।

प्रकाशित मिति: : 2019-12-13 17:44:26

प्रतिकृया दिनुहोस्