विश्वमा आफ्नो साम्राज्य विस्तार गरिरहेको बेलायतले भारतमाथि शासन गरिरहँदा नेपालको एककीकरण अभियान चलिरहेको थियो।
सन् १८११ देखि नेपालका भूभागमा बेलायतीहरू (इस्ट इन्डिया कम्पनी) ले आँखा गाडेको थियो। सन् १८१४ नोभेम्बर १ तारिखमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालविरुद्ध युद्धको घोषणा गरेको थियो।