‘सेल्फी किङ्ग’को ‘जाली रुमाल’: केकीसँग भिमफेदी गाइज

तस्बिर: बिएल

चलचित्र ‘सेल्फी किङ्ग’को टिजरपछि लोकलयको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जाली रुमाल’ बोलको गीतको भिडियोमा नायिका केकी अधिकारी र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई पनि देख्न सकिन्छ। वी पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर छ। कथाअनुसार नै चलचित्रमा आउने गीतलाई कार्यक्रमको माहोलमा प्रस्तुत गरिएको छ।

यो भिडियोलाई निर्मल लामाले कोरियोग्राफी गरेका हुन्।

‘सेल्फी किङ्ग’ नाम गरेको एक कलाकारले कला यात्राको क्रममा पाएको सफलता र त्यसलाई व्यवस्थित गर्न गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ। विशाल सापकोटाले यो चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ।

प्रकाशित मिति: : 2019-12-13 16:18:34

प्रतिकृया दिनुहोस्