प्रेस काउन्सिलमा पत्रकारहरुको धर्ना,अध्यक्षको कार्यकक्षमा तालाबन्दी

फाइल तस्बिर: बिएल

पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन्। पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफुहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन्। उनीहरुले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रिय संघर्स समितिका संयोजक दिपक पाण्डेले काउन्सिलमा आफना मागहरु सहितको ज्ञापनपत्र बुझाउँदा समेत छलफलका लागि नबोलाइएको भन्दै पत्रकारहरुको वर्गिकरण गर्न नहुने बताए । उनले पत्रिका वर्गिकरणको नाउँमा स्रोत र साधनको दोहन गरिएको समेत बताए ।

आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको आरोप समेत लगाएका छन्। उनीहरुले प्रेस काउन्सिललाई पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्नेगरी वातावरण निर्माण गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति: : 2019-12-13 15:40:27

प्रतिकृया दिनुहोस्