बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई तीन दिनको म्याद पुनः थप

फाइल तस्बिर: बिएल

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए।

प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो। तर अदालतले अस्विकार गरेको छ।

म्याद थप पछि गिरीलाई पुनः अस्पताल नै लगिएको छ। मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको डिएसपी शर्माले जानकारी दिए।

सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो।

बलात्कार आरोप मुद्दामा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ।

प्रकाशित मिति: : 2019-12-13 14:30:11

प्रतिकृया दिनुहोस्