अनिल गुरुङ डेढ दशकपछि ब्रिगेड ब्वाईजमा फर्किए

तस्बिर: बिएल

भेट्रान फरवार्ड अनिल गुरुङ झण्डै डेढ दशकपछि ब्रिगेड ब्वाईज क्लब (बीबीसी) मा फर्किएका छन्। शनिबारबाट सुरु हुने लिगका लागि ब्रिगेडलेअनिललाई अनुबन्ध गरेको हो। अनिललाई ब्रिगेडले टिमको कप्तान समेत चयन गरेको छ।

पोखराको सहारा क्लबबाट फुटबल करियर सुरु गरेका अनिलले २०६२ सालमा बीबीसीबाटै ए डिभिजन लिगमा डेब्यू गरेका थिए।

अनिलले गत सिजन थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। त्यसअघि अनिलले मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेलेका थिए। भारतीय आई लिग क्लब हिलोङ लाजोङबाट पनि खेलेका थिए। 'म पहिला जहाँ थिएँ, त्यही फर्किएको हुँ', शुक्रबार पत्रकार सम्मेलनमा उनले भने।

बीबीसीले अनुभवी खेलाडी विजय गुरुङ र उत्तम गुरुङलाई पनि लिएको छ। टोलीको प्रशिक्षकमा खगेन्द्र पुन र व्यवस्थापकमा अरबिन्द गुरुङ छन्। सनोज श्रेष्ठ टेक्निकल प्रशिक्षकको रुपमा रहेने छन्।

लिगको पहिलो खेलमा ब्रिगेडले शनिबार मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ। मछिन्द्रले राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनको कप्तानीमा टोली घोषणा गरिसकेको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

 

प्रकाशित मिति: : 2019-12-13 13:08:34

प्रतिकृया दिनुहोस्