काठमाडौं उपत्यकामा बर्षा,चिसो बढ्यो

तस्बिर: बिएल

भूमध्य सागरको वायुको प्रभाव नेपालका विभिन्न भूभागमा परेको छ। न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ। भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकश्मीर हुँदै पश्चिमी भूभागबाट मौसमी वायु नेपाल भित्रिने गर्छ।

यसबाट शुक्रबार काठमाडौंलगाएतका विभिन्न भूभागमा हल्का बर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौं उपत्यकामा अहिलेको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्‍जु बासीका अनुसार अनुसार काठमाडौंको भिजिबिलिटी ३ किलोमिटर रहेको छ। बुधबार विकसित हुन थालेको मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाकी मौसमविद् बासीले जानकारी दिइन्।

उनका अनुसार हुम्ला, डोल्पा,मुगु, मुस्ताङ, बैतडी लगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा भारी हिमपात भएको छ।

काठमाडौं उपत्यकामा बिहीबार न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो। मंसिर २२ मा न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियसमा झरेको थियो। यो वर्षकै सबैभन्दा बढी चिसो मंसिर १४ गते भएको थियो। उक्त दिन तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो।

प्रकाशित मिति: : 2019-12-13 12:44:25

प्रतिकृया दिनुहोस्