निलो बर्दीमा कालो दाग कसैले लगाउन हुन्न: महानिरीक्षक खनाल

फाइल तस्बिर: बिएल

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको निलो बर्दीमा कसैले पनि कालो दाग नसुहाउने बताएका छन्।

प्रहरी तालिम केन्द्र महाराजगंजमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्। 'निलो बर्दीमा कालो दाग कसैले लगाउन हुन्न', खनालले भने,'कसैले लगाए त्यो सैह्य हुन्न।'

राष्ट्र र जनताको सेवामा बफादार हुन उनले निर्देशन दिए। उनले 'पास आउट' भएका प्रहरी निरीक्षकहरूलाई सफल व्यवसायिक जीवनको शुभकामना पनि दिए। शुक्रबार ९१ जना प्रहरी पास आउट भएका छन्।

जसमा ९ जना महिला छन्। १८ महिने लामो तालिम सकेर उनीहरु 'पास आउट' भएका हुन् । तालिममा प्रहरी निरीक्षक किरण राउत प्रथम भए । अनिल थापा द्वितीय हुदाँ सुवास खतिवडा तेस्रो हुन पुगे।

प्रकाशित मिति: : 2019-12-13 12:16:55

प्रतिकृया दिनुहोस्