बुटवल ब्लास्टर्समा तीन भारतीय खेलाडी

फाइल तस्बिर: बिएल

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को लागि बुटवल ब्लास्टर्सले तीनै जना भारतीय खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ।

सोमपाल कामी कप्तान रहेको बुटवलले भारतीका अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा अनुबन्ध गरेको हो। यी तीनै जना भारतीय स्टेट स्तरको घरेलु क्रिकेट खेल्दै आएका खेलाडी हुन्।

२६ वर्षिय अफ्ताबले राजस्थानबाट घरेलु क्रिकेट खेल्ने गर्दछन्। शिवमले भारतीय स्टेट स्तरीय प्रतियोगितामा ६४ खेलमा ६० इनिङमा २ हजार ४ सय ३३ रन बनाएका छन्। जसमा ८ शतक र ९ अर्ध शतक सामेल छ। शिवम सिंह विकेटकीपर र बलिङ पनि गर्ने गर्दछन्।

हर्ष अलराउन्डर हुन्। गत वर्ष बुटवलले यूएईका पुर्व कप्तान तथा अलराउन्डर रोहन मुस्तफा र ओपनर चिराग सुरीलाई अनुबन्ध गरेको थियो।

बुटवलले पीपीएलमा मंसिर २९ मा काठमाडौं गोल्डेन्ससँग खेल्दै सुरुवात गर्ने छ। गत वर्ष पीपीएलमा सोमपालको टोली ५ खेलमा ३ मा हार र २ मा जित सहित पाँचौ स्थानमा रहेर बाहिरिएको थियो।

प्रकाशित मिति: : 2019-12-13 11:09:53

प्रतिकृया दिनुहोस्