आर्सनल युरोपा लिगको नकआउट चरणमा

Photo Credit: AFP

आर्सनल युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ।

समूह एफको अन्तिम खेलमा बिहिबार स्टान्डर्ड लिजसँग २–२ गोलको बराबरी खेल्दै आर्सनल नकआउट प्रवेश गरेको हो।

स्टान्डर्ड लिजका स्यामुयल बास्टियन र सेलिम अमलाले एक एक गोल गरे। यता आर्सनका लागि एलेक्जेन्डर लाकाजेट र बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलमा अग्रता घरेलु टोली स्टान्डर्ड लिजले ४७ औं मिनेटमा बास्टियनको गोलबाट लिएको थियो।

६९ औं मिनेटमा अमलाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए।

एलेक्जेन्डर लाकाजेटले ७८ औं मिनेटमा आर्सनलविरुद्धको अग्रता २–१ मा झारे। ८१ औं मिनेटमा साकाले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे।


बराबरीसँगै आर्सनल समूह एफको शीर्ष स्थानमा रह्यो। उसले ११ अंक जोड्यो। फ्रान्कफर्ट ९ अंक सहित उपविजेता रह्यो।

प्रकाशित मिति: : 2019-12-13 08:06:27

प्रतिकृया दिनुहोस्