ए डिभिजन लिगको टिकट मूल्य तोकियो

फाइल तस्बिर: बिएल

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको नयाँ सिजनको टिकट मूल्य तोकेको छ।

एन्फाले शनिबारदेखि सुरु हुने लिगका लागि दुई फरक टिकट मूल्य तोकेको छ। एन्फाले सामान्यतर्फ २ सय र भिआईपीतर्फ ५ सयको टिकट राखेको छ ।

लिगका लागि टिकट प्रभु पेबाट किन्न सकिनेछ एन्फाले जनाएको छ। लिग शनिबारबाट सुरु हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा ए डिभिजन लिगको सुरुवात हुनेछ।

फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा कुल ९१ खेल हुनेछ। हरेक राउण्डमा ७ खेल हुनेछ। शीर्ष टोलीले उपाधि जित्ने छन्।

यस्तै लिगमा एक मात्र टिम घटुवा हुनेछ। एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

प्रकाशित मिति: : 2019-12-12 21:37:21

प्रतिकृया दिनुहोस्