आज यःमरि पुन्हि, यसरी बनाइन्छ योमरी (भिडियोसहित)

फाइल तस्बिर: बिएल

आज यःमरि पुन्हि । नेवार समुदायमा हर्सोल्लासका साथ मनाइदैछ। नेवार समुदायमा जाडोयाममा मनाइने पर्वमध्ये महत्वपूर्ण मानिने यःमरि पूर्णिमा आज मनाइँदैछ।

यस अवसरमा बिहानैदेखि घरघरमा योमरी विशेष मन्त्रोचारणका साथ नित्यपुजा गरिने सबै प्रकारका देवीदेवतालाई पनि चढाई पूजा गर्दछन्। धनका देवता मानिने भगवान कुवेर एक मगन्तेको भेषमा आई एउटा घरमा खानेकुरा माग्न जाँदा आजकै दिन परेकाले घरबेटीले कुवेरलाई सन्तुष्ट हुने गरी योमरी खुवाएको र भगवान कुवेर खुशी भई तिम्रो घरमा लक्ष्मीले बास गरुन् र धनधान्य होस् भनी आशीर्वाद दिई अलप भएकाले यो दिनलाई धान्यपूर्णिमा पनि भनिने गरिएको लोकश्रुति छ।

योमरी बनाउँदा योमरीको साथसाथै लक्ष्मी, सरस्वती र कुवेर, ख्याकको पनि मूर्ति बनाउने गरिन्छ। योमरीमा चाकुसँगै तिल, नरिवल, मिसाएर राख्ने गरिन्छ भने खुवा पनि हालेर बनाउने गरिन्छ। योमरीमा चाकु र तिलका साथै नरिवल तथा सुकमेलको धुलो राखेर अझ मिठोसँग बनाउने गरिन्छ । मार्ग शुक्लपक्ष थिंलाथ्व पूर्णिमाका दिन योमरी पुन्ही नेवार समुदायमा धुमधामका साथ मनाइने गरिन्छ।

प्रकाशित मिति: : 2019-12-12 15:21:19

प्रतिकृया दिनुहोस्