आलिया यस वर्षकी एशियाकै सेक्सी महिला, दीपिका दशककै सेक्सी

तस्बिर:एजेन्सी

बलिउड अभिनेत्री आलिया भट्टलाई सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट गरिएको छ।

बुधबार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले अनलाइन भोटिङ गर्दा आलिया शीर्ष स्थानमा पर्न सफल भएकी हुन्। साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ ले आलियाका लागि सन् २०१९ सबैभन्दा उत्कृष्ट वर्ष बताएको छ। पत्रिकाका अनुसार यसै सूचीमा उनकी साथी कलाकार दीपिका पादुकोणले दोस्रो स्थान हासिल गरेकी छिन्।

यस्तै, सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिकाले दशककी सबैभन्दा सेक्सी महिलाको ताज आफ्नो पोल्टोमा पारेकी छिन्।

एशियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खानले तेस्रो स्थान हासिल गरेकी छिन्। यस्तै, चौथो स्थानमा माहिरा खान छिन्। यसका साथै माहिरा खानले लगातार पाँचौं वर्षसम्म सबैभन्दा सेक्सी पाकिस्तानी महिलाको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी छिन्।

यो वर्षको शीर्ष १० को सूचीमा सुरभि चन्दनाले पाँचौं, कट्रिना कैफले छैटौं, शिवांगी जोशीले सातौं, निया शर्माले ८ औं, मेहविश हयातले ९ वौं र प्रियंका चोपडाले १० औं स्थान हासिल गरेका छन्।

प्रकाशित मिति: : 2019-12-12 12:27:29

प्रतिकृया दिनुहोस्