यी हुन् च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने इंग्ल्यान्ड र स्पेनका आठ क्लब

तस्बिर:एजेन्सी

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ। बुधबार समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा पुग्ने टिमहरूको टुंगो लागेको हो।

अन्तिम १६ मा इंग्ल्यान्डका चार क्लब पुगेका छन्। यस्तै स्पेनका पनि चार क्लबले नै नकआउट चरणमा स्थान पक्का गरेका छन्।

समूह ए बाट पिएसजी विजेता र रियल म्याड्रिड उपविजेता,समूह बी बाट वायर्न म्युनिख विजेता र टोटनह्याम उपविजेता,समूह सी बाट म्यानचेस्टर सिटी विजेता र एटलान्टा उपविजेता तथा समूह डी बाट युभेन्ट्स विजेता र एट्लेटिको म्याड्रिड उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका छन्।

यसैगरी समूह ई बाट लिभरपुल विजेता र नापोली उपविजेता,समूह एफ बाट बार्सिलोना विजेता र बोरुसिया डर्टमुन्ड उपविजेता,समूह जी बाट आरबी लेइपजिग विजेता र लियोन उपविजेता तथा समूह एच बाट भ्यालेन्सिया विजेता र चेल्सी उपविजेता बनेर नकआउट चरणमा पुगेका छन्।

अब आगामी डिसेम्बर १६ मा नकआउट चरणको ड्र हुनेछन्।

त्यसपछि मार्च १८ मा अन्तिम १६ का खेल सकिनेछन्।

यसपटकको च्याम्पियन्स लिगको फाइनल आगामी ३० मेमा टर्कीको इस्तानबुलमा हुने तय छ।

प्रकाशित मिति: : 2019-12-12 12:08:47

प्रतिकृया दिनुहोस्