नेपाली यू–१९ महिला टिमले बहराईनसँग मैत्रिपुर्ण खेल खेल्ने

फाइल तस्बिर: बिएल

नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले बहराईनको यू–१९ टिमसँग मैत्रिपुर्ण खेल खेल्ने भएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपाली टिमले बहराईनको टिमसँग मैत्रिपुर्ण खेल खेल्ने पक्का भएको बताए।

प्रशिक्षक श्रेष्ठले कम्तिमा २ खेल खेल्ने पक्का भएको जानकारी दिदै अन्य बिषयमा छलफल चलिरहेको बताए।

‘अहिले दुई खेल पक्का गरिसकेको छौं। अव तेस्रो खेलको लागि कुरा भैरहेको छ ।’ श्रेष्ठले भने ।

नेपाली टिम बहराईनतर्फ शुक्रबार प्रस्थान गर्नेछ ।

शनिबार पहिलो खेल हुने उनले बताए। त्यसको दुई दिनमा अर्को खेल हुने तालिका छ।

 

प्रकाशित मिति: : 2019-12-11 14:23:09

प्रतिकृया दिनुहोस्