बर्दिया र बैतडीमा बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद

प्रतिकारत्मक तस्बिर

प्रहरीले बर्दिया र बैतडीमा बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका–१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको बन्दुक मंगलबार बरामद गरेको हो।

यस्तै, बैतडीको दशरथचन्द नगरपालिका-२ ग्वाल्लेकस्थित जंगलको ओढारमा लुकाइ राखेको बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको ह ।

प्रकाशित मिति: : 2019-12-11 12:40:13

प्रतिकृया दिनुहोस्