पीपीएल: उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने

तस्बिर:एजेन्सी

पोखरा प्रिमियर लिग (पीपीएल) को खेल तालिका सार्वजनिक गरिएको छ।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने भएका छन्।

उद्घाटन  खेल शनिबार विहान साढे ११ बजे हुनेछ।

दोस्रो खेल आइतबार विहान ९ बजे बिराटनगर टाइटन्स र धनगढी ब्लूजबीच हुनेछ।

प्रकाशित मिति: : 2019-12-11 10:57:45

प्रतिकृया दिनुहोस्