कप्तान मिताली राजको भूमिकामा देखिँदैछिन् तापसी

तस्बिर:एजेन्सी

बलिउड अभिनेत्री तापसी पन्नू चाँडै ठूलो पर्दामा भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राजको भूमिकामा देखिँदैछिन्। तापसीको मिताली राजको बायोपिक फिल्म 'शावाश मिठ्ठू'मा केन्द्रीय भूमिकाको निम्ति छनोट गरिएको हो।

३ डिसेम्बरमा मितालीको जन्मदिनको शुभकामना दिँदै तापसीले लेखिन्,'तपाईंले मलाई धेरै तरिकाबाट गौरान्वित महसुस गराउनुभएको छ। यो भाग्यमानी कुरा हो। मलाई तपाईंको यात्रा पर्दामा देखाउने सौभाग्य मिलेको छ।'

तापसीले लेखिन्,'तपाईंको जन्मदिनमा थाहा छैन के उपहार दिऊँ। केवल यो बाचा गर्न सक्छु, तपाईंलाई सर्वश्रेष्ठ तरिकाबाट पर्दामा देखाउने छु।'

तापसीको पछिल्लो फिल्म 'सांड की आंख' बक्स अफिसमा हिट भयो। फिल्ममा उनले र भूमिले शूटर दादीको भूमिका निभाएका थिए।

 

प्रकाशित मिति: : 2019-12-11 09:45:00

प्रतिकृया दिनुहोस्