‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’ का गायक गुरुङको निधन

तस्बिरः एजेन्सी

बहुचर्चित गीत ‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’ का गायक रुद्रमणि गुरुङको सोमवार बिहान निधन भएको छ।

८४ वर्षीय गुरुङको आज बिहान करिब ११ बजी सिलगढ़ीस्थित नर्थबेङ्गल नर्सिङ होममा निधन भएको हो। उनलाई चार दिनअघि उक्त नर्सिङ होममा भर्ना गरिएको थियो।

जानकारीका अनुसार बूढ्यौलीका कारण उनी विभिन्न रोगले ग्रसित थिए। आजै उनको शवलाई दार्जीलिङको क्विन्स हिलस्थित घरमा लगिएको छ भने बुधवार अन्तिम संस्कार गरिने बताइएको छ।

प्रकाशित मिति: : 2019-12-10 23:14:25

प्रतिकृया दिनुहोस्