भुटानविरुद्ध नेपाललाई २–१ को अग्रता

तस्बिर: बिएल

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले भुटानविरुद्ध २–१ अग्रता लिएको छ।

दोस्रो हाफको सुरुमै खेलको ५५ औं मिनेटमा सुनिल बलको गोलमार्फत् नेपालले अग्रता लिएको हो। नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको थियो।

१७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए।

नेपाली टिमः

विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ

प्रकाशित मिति: : 2019-12-10 16:13:03

प्रतिकृया दिनुहोस्