भुटानविरुद्ध नेपाललाई १–० को अग्रता

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सुरु भएको खेलमा नेपालले १–० को अग्रता लिएको छ।

नेपालका लागि १७ औं मिनेटमा अभिषेक रिजालले अग्रता दिलाएका हुन्।

नेपाली टिमः

विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ

प्रकाशित मिति: : 2019-12-10 15:18:57

प्रतिकृया दिनुहोस्