७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइदैं

फाइल तस्बिर: बिएल

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, मंगलबार विभिन्न कार्यक्रम गरी मनाइदैं छ।

दिवसका अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरीको आयोजना गरिएको छ। संयुक्त राष्ट्रसंघले यो वर्षको नारा युथ स्ट्याण्ड अफ फर ह्युमन राइटस भन्ने तय गरेको छ। सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यो घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो।

विश्वभरी नै मानवअधिकार दिवस मनाइरहदा नेपालमा मानवअधिकारको मामिला हेर्ने राष्ट्रिय मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदनले भने मानवअधिकारको हिसाबले नेपालको तस्बिर नराम्रो भएको देखाएको छ। ४४० पेज लामो सो प्रतिवेदनले नेपालको मानवअधिकारको अवस्थाका बारेमा थुप्रै प्रश्न उठाएको छ।

आयोगमा मानवअधिकार उल्लंघन भएको भनी पछिल्लो आर्थिक वर्षमा जम्मा २३२ उजुरी दर्ता भएको, आयोगमा दर्ता भएका र दर्ता गरिएका पुराना र नयाँ गरी ६०० उजुरीमाथि अनुसन्धान सम्पन्न भएको जनाइएको छ। मानवअधिकारको अवस्था एवं विविध विषयमा २७७ पटकका अनुसन्धान मध्ये ५६ वटा सहकार्य र समन्वयमा सम्पन्न भएको जनाइएको छ।

प्रकाशित मिति: : 2019-12-10 12:50:51

प्रतिकृया दिनुहोस्