बुधबार बेलुकीदेखि उच्च हिमाली भेगमा भारी हिमपात र पहाडीमा पानी पर्ने सम्भावना

फाइल तस्बिर: बिएल

बुधबार बेलुकीदेखि देशभरको मौसम बदली भएर उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको र बुधबार बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले बेलुकीदेखि नै यसको असर नेपालमा पर्ने देखिएको मौसमविद्हरुले बताएका छन्।

यो प्रणालीको असर बुधबार रातीदेखि नेपालको पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा र बिहीबार मध्य र पूर्वका उच्च पहाडी र हिमाली भेगमा देखिने मौसमविद समिर श्रेष्ठले बताए।

मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना निकालेर बुधबारदेखि यो प्रणाली सुरु भएर आउँदो शनिबारसम्म रहने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ। मंगलबार भने देशभरको मौसम सामान्यतया सफा नै रहनेछ। अहिले सामान्य बद्ली भएको पूर्वी र मध्य क्षेत्रमा पनि दिउँसो घाम लाग्ने मौसमविद्को भनाई छ ।

हाल नेपालगञ्ज, भैरहवाजनकपुरविराटनगरआसपासका तराई भू-भागमा सामान्य हुस्सु/कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २४ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ।

मंसीर २५ गते (बुधबार)

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ।

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ।

मंसीर २६ गते (विहिबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च हिमाली भूभाग हरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च हिमाली भूभाग हरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2019-12-10 10:11:19

प्रतिकृया दिनुहोस्