जुडोमा पुनम श्रेष्ठलाई स्वर्ण

फाइल तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन्।

लगनखेलस्थित आर्मीको कभर्डहलमा महिला ७८ केजीमुनि तौल समूहमा स्वर्ण जितेकी हुन्।

यस्तै महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जितेकी छिन्। यस स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले कास्य जितेको छ।

पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य जिते।

प्रकाशित मिति: : 2019-12-09 17:16:17

प्रतिकृया दिनुहोस्