अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै नेमकिपा समर्थित विद्यार्थीले गरे प्रदर्शन

तस्बिर: बिएल

अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै नेपाल मजदुर किसान पाटी (नेमकिपा)ले लैनचौरस्थीत भारतीय राजदूतवास अगाडि प्रदर्शन गरेको छ।

लैनचौरस्थित भारतीय दूतावासमा नेमकिपाले पुगेर अतिक्रमित भूमि र कालापानीमा तैनाथ सेना फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो।

शान्तिबाटीकाबाट सुरु भएको प्रदर्शनका क्रममा नेमकिपा समर्थित विद्यार्थीले ’भारतीय सेना कालापानी छोड्’, ’असमान सन्धी खारेज गर’ लेखिएका प्ले कार्ड बोकेर नारा लगाएका थिए।

उनीहरुले नेपालको सीमा बचाउनका लागि निरन्तर दवाव सिर्जना गर्ने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति: : 2019-12-09 16:44:40

प्रतिकृया दिनुहोस्