नेपाललाई जितका लागि ९५ रनको लक्ष्य

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल अहिले कास्य पदकका लागि माल्दिभ्सको सामना गरिरहेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले जितका लागि ९५ रनको लक्ष्य पाएको छ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए।  अमिल माउरुफले १३ रन जोडे।

नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए।

पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन्।

प्रकाशित मिति: : 2019-12-09 10:27:29

प्रतिकृया दिनुहोस्