नवाजुद्दिन सिद्दीकीकी २६ वर्षे बहिनीको निधन

तस्बिर:एजेन्सी

बलिउड नायक नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ। पुणे, महाराष्ट्रको एक अस्पतालमा शनिबार सबेरै करिब ३ बजे उनले अन्तिम सास फेरेकी हुन्।

उनी २६ वर्षकी थिइन् र पछिल्लो ८ वर्षदेखि स्तन क्यान्सरबाट आक्रान्त थिइन्।

वाजका भाइ अयाजुद्दीन सिद्दीकीले यसबारे जानकारी दिएका हुन्। अयाजुद्दीनका अनुसार नवाज अमेरिकामा थिए तर बहिनीको मृत्युको खबर पाएपछि उनी भारत फिर्ता भइरहेका छन्।

नवाजुद्दीनका भाइ फैजुद्दीन सिद्दीकीले सायमाको शव लिएर आफ्नो पैतृक गाउँ बुढाना (उत्तर प्रदेश) लिएर गएका हुन्। आइतबार बिहान सायमाको अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति: : 2019-12-09 07:25:18

प्रतिकृया दिनुहोस्