मन्त्रालयको हरेक कामकारवाही पारदर्शी हुन्छ: मन्त्री भुसाल

फाइल तस्बिर: बिएल

कृषि तथा पशुपन्त्री विकास मन्त्री घनश्याम भुसालले मन्त्रालयको हरेक कामकारवाही पारदर्शी हुने बताएका छन्।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले मुलुकको आवश्यकता अनुसार आफुले काम गर्ने र मन्त्रालयको हरेक कामकारवाही पारदर्शी हुने बताएका हुन्। मन्त्रालयलाई व्यक्तिको विवेकबाट नभइ बिधीबाट नै चल्ने उनको भनाई छ।

मन्त्री भुसालले कृषि क्षेत्रमा निकै समस्याहरु देखिएको भन्दै समस्यालाई समाधान गर्न छलफललाई निरन्तरता दिने जिकिर गरे। मन्त्रालयलाई पुनव्यवस्थीत गर्ने, सेवालाई द्रुत वनाउने, सुशासनलाई स्थापीत गर्ने र नयाँ नीति तथा कार्यक्रम ल्याउने सोच रहेको मन्त्री भुसालले बताए।

यसैबीच मन्त्री भुसालले आइतबार नै सातै प्रदेशका कृषिमन्त्रीहरुसंग सामूहिक छलफल पनि गरेका थिए।

प्रकाशित मिति: : 2019-12-08 17:39:56

प्रतिकृया दिनुहोस्