बंगलादेशविरुद्ध नेपाललाई १–० को अग्रता

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १–० को अग्रता बनाएको छ। खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले ६ यार्डबाट गोल गरे।

नेपाललाई फाइनल पुग्न बराबरी काफी छ भने बंगलादेशलाई जित निकाल्नै पर्ने दबाब छ।

हेड टु हेडको अंक तालिकामा वरीयताको टुंगो लाग्ने भएकाले नेपालका लागि बंगालदेशविरुद्धको खेल महत्वपूर्ण छ।

बंगलादेशसँग नेपाल पराजित भएमा हेड टु हेडका आधारमा बंगलादेश फाइनलमा पुग्नेछ।

किनभने बंगलादेशसँग पराजित भएको अवस्थामा नेपाललाई गोलअन्तरको कुनै पनि काम हुने छैन। त्यसैले नेपाललाई कम्तिमा बराबरीको खाँचो छ।

नेपालसँग मात्रै पराजित भुटान ४ खेलबाट ९ अंक सहित फाईनल पुग्ने पहिलो टोली बनेको छ। नेपालको ७ अंक रहँदा बंगलादेशको ४ अंक रहेको छ।

श्रीलंका र माल्दिभ्सको भने समान २–२ अंक रहेको छ।

नेपाल र बंगलादेश बीचको विजेताले सागको स्वर्ण पदका लागि भुटानसँग खेल्नेछन्।

प्रकाशित मिति: : 2019-12-08 17:17:16

प्रतिकृया दिनुहोस्