गाैरिका सिंहले जितिन् कीर्तिमानी तेस्राे स्वर्ण पदक

तस्बिरः बिएल नेपाली सेवा

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडीवाज गौरिका सिंहले कीर्तिमानी तेस्रो स्वर्ण जितेकी छन्।

आइतबार महिलातर्फको ४०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जित्दै उनले एकै सागमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाइन्।

यसअघि गौरिकाले २०० मिटर फ्रिस्टाइल र २०० मिटर व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।

प्रकाशित मिति: : 2019-12-08 16:56:50

प्रतिकृया दिनुहोस्